एजेन्सी– बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ को ट्रेलर रिलिज भइसकेको छ। यो फिल्ममा पनि सलमान खान प्रहरीको अवतारमा देखिँदैछन्।
हालै सलमान खानले फिल्म ‘राधेः मस्ट वान्टेड भाइ’ को फस्ट लूक रिलिज गरेका थिए।
‘दबंग ३’ सन् २०१८ मा रिलिज भएको फिल्म ‘वान्टेड’ को सिक्वेलका हो भन्ने धेरैको भ्रम थियो। तर सलमान खानले भने ‘ ‘वान्टेड’ को ‘राधे’ सँग कुनै लेनदेन छैन्। उनले चलचित्र ‘तेरे नाम’ मा पनि आफ्नो भूमिका राधेको रहेको स्मरण गराए।
यतिबेला सलमान खान डिसेम्बरमा रिलिज हुने प्रभु देवाले निर्देशन गरेको चलचित्र ‘दबंग ३’ का कारण चर्चामा छन्।