काठमाडौं –बालाजुकाे गाेंगाेबु स्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बाग्लुङमा सञ्चालनमा आएको छ। यो नै पहिलो शाखा हो,जसलाई बीएस.आर मुभिज बाग्लुङको चलचित्रकर्मी नीर शाहले बुधबार उद्घाटन गरेका छन्।
हल उद्घाटन समारोहमा अभिनेत्री गौरी मल्ल, निर्देशक दीपाश्री निरौला र कलाकार अनुरागमानसिंह कुँवर हल उद्घाटन कार्यक्रममा उपस्थित थिए। बिहिबारबाट व्यवसायिका रुपमा सञ्चालनमा आएको दुईवटा हलहरुमध्ये औडी १ मा दुई सय र औडी २ मा दुई सय २६ सिट क्षमता छन् । हलमा थ्रीडी प्रविधि समेत जडान गरिएको बताइएको छ।
अन्तरराष्ट्रिय प्रचलनमा रहेको पछिल्लो प्रविधि डब्बु अटमस साउण्ड सिष्टम नेपालमा भित्राएर बीएसआरले दुई वटा अत्याधुनिक फिल्म हल सञ्चालन गर्दै आइरहेको छ।