काठमाडौं– चिसो पानी पिउनुभन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने विज्ञहरुले दाबी गरेका छन्। मिर्गाैला तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएकाले चिसो पानीको सट्टा तातो पानी पिउनुपर्ने हुन्छ। विषेश गरि चिसो मौसममा तातो पानी पिउने गरेमा रुघा, खोकीलगायत विभिन्न समस्याको जोखिम कम हुन्छ। तातो पानीसँग मह र कागती मिसाएर पिउँदा अझ बढि लाभदायीक हुने बताइएको छ।
विज्ञानका अनुसार पानीलाई उम्लिने गरि तताएमा पानीमा रहेको किटाणु नाश हुन्छ। पानी हेर्दा सफा देखिएता पनि त्यहाँ भित्र नाङ्गो आँखाले देख्न नसकिने लाखौँ सङ्ख्यामा शरीरलाई हानी पु¥याउने किटाणुहरु रहेका हुन्छन्। यसले विभिन्न सम्वेदनशील स्वास्थ्य समस्याहरू निम्त्याउँदछ। हामीले पानीलाई शुद्धिकरण नगरि खाएमा झाडापखाला, हैजा, टाइफाइड, आउँ, जण्डिस जस्ता रोगहरु लाग्ने गर्दछ। पानीलाई शुद्धिकरण गर्ने विभिन्न माध्यमहरु छन्। जस मध्ये पानीलाई उमालेर खानु उपयुक्त मानिन्छ।
तातो पानी पिउनुका फाइदा निम्नानुसार छन्:
१. बिहान उठेर तातो पानी पिउनाले शरीरको शुद्धिकरण गर्छ,
२. कब्जियतबाट छुटकारा मिल्छ,
३. थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ,
४. श्वासप्रश्वास तथा मिर्गाैलासम्बन्धी समस्या भएकाले चिसो पानीको सट्टा तातो पानी पिउनु फाइदाजनक हुन्छ,
५. चिसो मौसममा तातो पानी पिउनाले शरीरलाई न्यानो राख्दछ, रुघा, खोकीलगायत समस्या लाग्ने जोखिम कम हुन्छ,
६. महिलाहरुमा महिनावारीका समयमा पेट दुख्ने गर्छ। तातो पानी पिउनुपनाले दुखाइ कम हुन्छ,
७. टाउको तथा जोर्नीको दुखाइ कम हुन्छ,
८. बिहान उठेर तातो पानी पिउनाले पाचन प्रणालीलाई नियमित गर्छ,
९. तातो पानीमा कागती वा मह मिसाएर पिउनाले मोटोपना नियन्त्रण गर्छ।