काठमाडौं– चर्चित र्यापर भिटेनलाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ। उनलाई बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जाउलाखेलबाट पक्राउ गरेको थियो।
महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको अनुसार पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’मा प्रयोग गरिएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको हो।
पक्राउ परे लगतै उनलाई उक्त गीत युट्युबबाट हटाउन लगाइएको थियो। उनलाई अभद्र व्यवहारको मुद्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ।