काठमाडौं– नेपाल सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने भएको छ। नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि उक्त बिदा दिन लागेको हो।
केही दिनअघि संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले सरकारसँग १३ गते बिदा दिन आग्रह गरेका थिए। त्यसै अनुरुप मन्त्रिपरिषद बैठकले बिदा निर्णय गरेको बताइएको छ।
गृह मन्त्रालयका अनुसार तिथिअनुसार कात्तिक १२ गते भाइटिका भएपनि नेवार समुदायले किजा पूजाको दिन भाइटीका मनाउने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।