काठमाडौं – गायक दुर्गेश थापालाई पुलिसले पक्राउ गरे पश्चात नेपाली गीत संगीतमा विकृति ल्याउने कलाकारहरु लाई पुलिसमा उजुरी पर्न थालेको छ।
आज मात्र र्यापर भिक्टेनलाई पनि पुलिसले पक्राउ गरेको छ। गायक दुर्गेशलाई पक्राउ गर्न लगाउने प्रति ज्योति मगरले कडा चेताउनी समेत दिएकी छिन्।
पछिल्लो समय गीत संगीतमा विकृति ल्याएको विषयमा गायक दुर्गेश थापालाई प्रहरीले पक्रउ गरेको विषयमा तपाईँ के भन्न चाहानु हुन्छ? भन्दा उनले यो देशको कला सँस्कृतिको चिन्ता भएको मानिसले गरिदिएको भए हामी गर्व गथ्र्यौ तर यस्ता उजुरीहरु व्यक्तिगत रिसईवीका कारण भएको देख्दा दुख लाग्छ।
गीत संगीतको बारेमा यदि चाँसो नै राखेर यस्ता क्रियाकलाप भएको भए नेपाली कलाकारलाई हकहितको लागि पनि केही प्रावधानहरु अवश्य भई सक्थे होला। विकृति देख्नेले कलाकारको हकहितको लागि पनि बोल्नु पर्छ कि पर्दैन? गीत संगीतमा सेन्सर छैन, र यो बन्ने कुरा सम्भवना पनि छैन।
विकृति भयो भन्नेले सेन्सर बनाउँनुहोस् अनि थाहा हुन्छ सही र गलत गीत आफु–आफु नै खुशी गरेर उजुरी दिने हामी को हो र? त्यसरी उजुरी गर्ने भए दुर्गेश थापा मात्र होईन नेपालको कलाकार कोही पनि अछुत छैन सबैलाई पक्राउ गर। तपाईँहरु कति सक्नुहुन्छ गर्दै जानुस हामी हेर्दै जान्छौं। सबै भन्दा ठूलो सेन्सर दर्शक श्रोताहरु भएको कारण उहाँहरुले रुचाउन्जेल सम्म हामी कलाकार हौं, रुचाउन छोड्नु भयो भने हामी आफै साईड लाग्छौं।