काठमाडौं– वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी क्याट क्विन्स काठमाडौंकी कप्तान रुविना क्षेत्री बनेकी छिन्। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको समेत कप्तान रहेकी क्षेत्रीले ६ खेलमा २ अर्ध शतक सहित कुल २ सय १४ रन बनाएकी थिइन्।
त्यस्तै बलिङतर्फ ५ विकेट लिएकी उनको टिम क्याट क्विन्स काठमाडौंले भने उपविजेता चित्त बुझाएको छ। सर्वोत्कृष्ट घोषित भएसँगै रुविनाले टिभिएस १ सय २५ सिसिको स्कुटर सहित ५० हजार पुरस्कार पाइन्।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान काजल श्रेष्ठ बनेकी छिन्। चितवनकी ओपनर उनले ४ खेलमा १ सय ३४ रन बनाएकी थिइन्। उनले पनि २५ हजार प्राप्त गरेकी छिन्। प्रतियोगिताको सर्वोउत्कृष्ट बलरको उपाधि चितवनकी मध्यगतिकी बलर कविता गौतमले हात पारीन्। ५ खेलमा १० विकेट लिएकी उनलाई २५ हजार प्रदान गरिएको छ।
तीब्र गतिकी बलर इश्वरी विष्ट उदयमान खेलाडी घोषित भइन्। ६ खेलमा ६ विकेट लिएकी उनलाई १५ हजार रुपैँया प्रदान गरिएको छ।