काठमाडौं – चलचित्र ‘सेल्फी किङ्ग’ को छायांकन १ महिना भित्र नै सकिएको निर्माण पक्षले जनाएको छ।
दशैं अघि र दशैंपछि गरेर दुई सेड्यूलमा चलचित्रको छायांकन सकिएको निर्माणपक्षले बताएको छ। काठमाण्डौं, भक्तपुर हुदै सोलुखुम्बु, खुर्कोट, घुर्मी लगायतका स्थानमा चलचित्र छायाङ्कन गरिएको छ।
‘सेल्फी किंङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकारले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथालाई यो चलचित्रले भन्नेछ।
यो चलचित्रको शिर्ष भूमिकामा नायक विपिन कार्किले काम गरेका छन्। उनले, आफूले काम गरेको मध्ये एक उत्कृष्ट चलचित्रको रुपमा यसलाई हेरेको बताए। चलचित्रको निर्देशन विशाल सापकोटाले गरेका हुन्।
चलचित्रमा विपिन, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुरालको मुख्य भूमिका छ रहेकाे छ।
निर्माता सुभाष थापा र दिनेश राउतले मिलेर यो चलचित्र बनाएका हुन्। चलचित्रमा बिशालकै लेखन, सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत रहेको छ। चलचित्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन्।