काठमाडौं– सरकारले सहसचिव रामकृष्ण सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। गत कात्तिक ५ गते बसेको बैठकले सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहीबार जानकारी दिए।
सुवेदी हाल गृहमन्त्रालयको प्रवक्ताका रुपमा कार्यरत छन्। बैठकले करका दरहरु पुनरावलोकन गर्न स्वीकृति दिने निर्णय गर्नुका साथै काठमाडौं उपत्यकाभित्रको तारहरु व्यवस्थित गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
यसैगरी कात्तिक १३ गते किजा पूजाको दिन सार्वजनिक बिदा दिने, नेपाली सेनाका लेखा उपरथी भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृतलगायतका १७ वटा निर्णय गरेको छ।

