एजेन्सी– बलिउड सुपरस्टार सलमान खान र नायिका सोनाक्षी सिन्हाको फिल्म ‘दबंग ३’ को ट्रेलर बुधवार सार्वजनिक भयो। दबंग ३ को ट्रेलरलाई सलमान खानका प्रशंसकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए।
चुलबुल पाण्डेको कमेडी तथा एक्सनले भरिएको फिल्मको ट्रेलर निकै रुचाईएको छ। प्रशंसकहरुले समेत उक्त ट्रेलरलाई सकारात्मक प्रतिक्रियाहरु दिइरहेका छन्। यद्यपि, ट्रेलरमा केही गल्ति फेला परेको छ, जसलाई स्वयं सलमान खानले पनि ध्यान नदिएको अनुमान गर्न सकिन्छ। नत्र अहिलेसम्म उक्त गल्ति सुधारिइसक्ने थियो।
३ मिनेट २२ सेकेण्ड लामो उक्त ट्रेलरको अन्त्यमा प्रशंसकहरुलाई फिल्मको प्रदर्शन मितिका बारेमा जानकारी दिइएको छ। यो फिल्म २० डिसेम्बर २०१९ का दिन प्रदर्शन हुँदैछ। फिल्मको प्रदर्शन मिति अंंग्रेजी अक्षरमा लेखिएको छ र त्यहींनिर गल्ति भएको छ। यदि तपाईंले पनि ध्यान दिएर ट्रेलरको अन्त्यमा हेर्नु भयो भने डिसेम्बरको स्पेलिङ नै गलत देखिने छ। पहिलो पटक डिसेम्बर (December) सही तरिकाले लेखिएको छ, जबकि दोस्रो पटक डिसेम्बरको अंग्रेजी अक्षरमा एउटा ‘ई’ अक्षर थपिएको (Decemeber) छ ।
फिल्मको ट्रेलर दर्शकहरुले अनुमान गरे अनुरुपकै समग्रमा राम्राे छ। ट्रेलरमा चुलबुल पाण्डे र रज्जोको त्यही मायालु केमेष्ट्रि हेर्न पाइएको छ। यसबाहेक यो फिल्ममा चुलबुलले रज्जोभन्दा पहिला अर्की एक युवतीसंग माया–प्रेम गर्छन्, ती हुन् बेबी खुशी अर्थात साई मांजरेकर। ट्रेलरको प्रारम्भ सलमानको पुलिस वाला गुण्डाको लुकका साथ देखा पर्छन्।
ट्रेलरको प्रारम्भमै चुलबुल पाण्डेको एउटा रमाइलो संवाद सुनिन्छ(‘एउटा हुन्छन् पुलिस वाला, अर्का हुन्छन् गुण्डा, म चाहिं पुलिसवाला गुण्डा।’
यसबाहेक ट्रेलरमा सलमानका अन्य रमाइला संवादहरु पनि छन्, जसलाई दर्शकले निकै मन पराएका छन् । ट्रेलरमा केही हास्यप्रधान दृष्यहरु छन्। जसले दर्शकलाई चलचित्रप्रति कौतुलहता पैदा गरेको छ। जसको प्रतिक्षामा सबै आत्तुर छन्।
https://youtu.be/-AJ7cLi1Jfk