बाँके _ राप्तीपारि ११ हजार भोल्टको विद्युत प्रसारण सुरू भएको छ। निर्माणाधीन कोहलपुर धामपुर ३३ केभी विद्युत प्रसारण लाइनको परीक्षण बिहीबारबाट सुरु भएको हो।
राप्तीसोनारी गाउँपालिकाअन्तर्गत राप्ती नदीदेखि धामपुर सब(स्टेसन खण्डमा पर्ने कुण्डा, डाँडाटेप्री, गुलरीचोक, ढलैया, आलीनगर, गोरढुई, जुरपानी, धामपुर तथा धामपुर सब(स्टेसनलगायत क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न भएपछि बिहीबारबाट विद्युत प्रसारण परीक्षण गरिएको हो।
बिहीबारदेखि ११ हजार भोल्टको करेन्ट परीक्षण प्रयोजनको लागि प्रवाह हुने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सचेत रहन नेपाल विद्युत प्राधिकरण, प्रदेश ५ प्रदेश डिभिजन कार्यालय, नेपालगन्जले सचेत गरेको छ। उक्त क्षेत्रमा पर्ने विद्युतीय तार, तार जडित पोल, स्टे आदिमा चढ्ने, तार छुने कार्य नगर्न नगराउन प्राधिकरणले अनुरोध गरेको छ।
सूचनाको गम्भिरतालाई ध्यान नदिइ कुनै अप्रिय घटना हुन गएमा नेपाल विद्युत प्राधिकरण जवाफदेही नहुने व्यहोरा समेत जानकारी गराइएको छ। लामो पर्खाई पछि नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका ३, ४, ५ र ७ वडाका झण्डै एकलाख नागरिकलाई विद्युत सेवा र्पुयाउने लक्ष्य रहेको छ। परीक्षण प्रसारण पछि त्यस क्षेत्रका सर्वसाधारणलाई विद्युत वितरण गरिने विद्युत प्राधिकरणले जनाएको छ।