काठमाडौं_ नेपाल प्रहरीको पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ।
८८ वर्षको उमेरमा उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
लामो समयदेखि सिंह फोक्साको बिरामी भएका थिए। सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म गरी झण्डै ४ वर्ष नेपाल प्रहरीको नेतृत्व सम्हालेका थिए।