डोल्पा —डोल्पाको ठुलीभेरी नदीमा हराएको पाँच दिनपछि बालकको शव भेटिएको छ।
जुम्ला जिल्ला पातारासि गाउँपालिका ६ घरभई हाल ठुलीभेरी नगरपालिका ३ अन्तर्गत दुनैमा बस्दै आएका १२ वर्षीय विपिन महताराको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
मृतक महताराको शव ठुलिभेरी नगरपालिका ९ मा पर्ने मोतिपुर आसपासमा भेटिएको प्रहरीले जनाएको हो। उनी हराएको पाँच दिनपछि नदीमा शव फेला परेको हो।
दुनै बोर्डिङ स्कुलमा पढ्दै आएका महताराको मानसिक रोगी भएको बताइएको छ।मृतक महताराको शव आजै परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ।