एजेन्सी– युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले साँघुरो जित निकालेको छ। बिहिबार रााति भएको खेलमा युनाइटेडले सर्वियन क्लब पार्टीजान बियोग्राडलाई १–० गोलले हराएको हो।
युनाटेडको जितमा एकमात्र गोल एन्थोनी मार्सियालले गरेका थिए। पार्टीजानको घरेलु मैदानमा सम्पन्न खेलमा दुबै टोलीले गोल गर्ने केहि सुनौलो अवसरहरु खेर फालेका थिए। निकै प्रतिस्पर्धात्मक खेलमा ४३ औं मिनेटमा पेनाल्टी गोलमार्फत युनाइटेडले अग्रता बनाएको थियो।
ब्रान्डन विलियम्सलाई पार्टीजानका नेमान्जा मिलिटिकले पेनाल्टी बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा मार्सियलले गरेको गोल नै निर्णायक बनेको थियो। त्यसपछि खेलमा अन्य गोलहरु ननिस्कँदा युनाइटेडले खेल आफ्नो पक्षमा पारेको हो।
जितसँगै समूह ‘एल’ मा युनाइटेड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पार्टीजान ४ अंक जोडेर तेस्रो स्थानमा छ।