काठमाडौं– ‘ह्याप्पी तिहार’ गीतका कारण विवादमा आएका दुर्गेश थापाले अभिनय गरेकाे नयाँ गीतकाे म्युजिक भिडियाे सार्वजानिक भएको छ। ‘निरमायाँ’ नामक साे गीतमा आवाज भने लोक दोहोरी क्षेत्रकी बहुचर्चित गायिका बिष्णु माझी र भुमिराज थापाले दिएका छन्।
निकै मिठो र मौलिक उक्त गीतका सर्जक भने एरेन्जर हेमन्त शिशिर हुन्। भिडियोमा दुर्गेश थापाको बबाल नृत्य रहेको छ, भने उनको साथमा शोभा थापालाई देख्न सकिन्छ। भिडियोकाे निर्देशन भने मौसम हिमालीले गरेका छन्।
‘सम्झे मन कटक्कै खानी, बस्यो माया नजानी–नजानी’ गीतको थेगो एकदमै रुचााईएको छ। छोटो समयमा निकै रुचाईएको गीतको गायिकी र छायाङ्कन पक्ष दुवै राम्रो बनेको छ।
गीतमा कुनैपनि युवा युवती बिचमा माया कति बेला कसरी बस्छ, त्यो चाहेर भन्दा पनि नजानी–नजानी बस्छ, मायालाई सम्झदा मन कटक्क खाएपनि त्यो माया बसेको पत्तो हुँदैन भन्ने भावलाई प्रस्तुत गरिएको छ। गीत परिवर्तन डिजिटल को युट्युव च्यानलबाट बजारमा आएको छ।
https://youtu.be/pk12ShhSby8