चितवन– गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्यले तीव्रता पाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएसँगै निर्माण कार्यले पुनः गति लिएको हो।
धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको उक्त क्रिकेट रङ्गशाला को मैदानको भाग समाउने कार्य शुरु भएको छ। यसअघि नै रङ्गशाला क्षेत्रलाई जस्ताले बार्ने, निर्माण गर्दा आवश्यक पर्ने मजदुर बस्ने हल, कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी बस्ने घरको निर्माण भइसकेको छ।
रङ्गशाला निर्माण सम्पन्न गर्नरु २ अर्ब ६० करोड लाग्ने अनुमान गरिएको छ। फाउन्डेसनले रङ्गशाला का लागि बोलकबोलको रकम रु ७ करोड मध्ये रु १ करोड र नबोलीकनै सोझै रु २ करोड संकलन भएको बताएको छ। रंगशालामा २५ हजार दर्शकहरु अट्ने बताइएको छ।
भित्रि भागमा परम्परागत तथा कलात्मक शैली झल्कने गरि रङ्गशाला निर्माणका लागि नक्साङ्कन गरिएको छ। २० बिघा ६ कठ्ठा जमिनमा निर्माण हुने रङ्गशाला चितवनमा बनिरहेको छ। करिब २ वर्षमा निर्माण सम्पन्न हुने फाउण्डेशनले जानकारी दिएको छ।