एजेन्सी– युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले रोमाञ्चक जित निकालेको छ। बिहिबार राति भएको खेलमा आर्सनलले पोर्चुगिज क्लब भिटोरिुया डि गुइमारेसलाई ३–२ गोलले हराएको हो।
आर्सननलको जितमा निकोलस पेपेले उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको अन्त्यतिर फ्रिकिकबाट दुई शनसीपूर्ण गोल गरेका थिए। गुइमारेसको लागि मार्कुस इडवार्ड र ब्रुनोले गोल गरेका थिए।
पाहुना टोली गुइमारेसको लागि मार्कुसेले खेलका आठौं मिनेटमा गोल गरेका थिए। घरेलु मैदानमा शुरुमै दबाबमा परेको आर्सलनलाई गाब्रियल मार्टिनेलीले ३२ औं मिनेटमा गोल गर्दै खेलमा फर्काएका थिए। प्रतिस्पर्धात्मक खेलको ३६ औं मिनेटमा ब्रुनोले गोल गर्दा गुइमारेस पुनः अग्रता बनायो।
त्यसपश्चात् आक्रामक बनेको आर्सनलको लागि ८० औं मिनेटमा पेपेले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दा गर्दै खेललाई बराबरीमा ल्याए। पेपेले थप गरिएको दोस्रो मिनेटमा पेपेले पुनः फ्रिकिकमा गोल गर्दा आर्सनलले अप्रत्याशित जित निकाल्यो।