काठमाडौं– शरीरका लागि पानी निकै महत्त्वपूर्ण छ। शरीरलाई हाइड्रेटेड राख्न सकेसम्म पानी पिउनुपर्छ। स्वास्थ्य विज्ञका अनुसार खानासँगै पानी पिउनाले स्वास्थ्यमा कुनै नकारात्मक असर पर्दैन। वास्तवमा सबै खानेकुरा खाँदा पानी पिउनुपर्छ। यसो गर्नाले पाचन प्रक्रियामा सहयोग मिल्छ।
खानासँगै पानी पिउनाले पेटमा भएको एसिड पनि पानीसँगै मिसिन्छ र यसबाट कब्जियतको समस्या दूर हुन्छ। यसबाहेक पेट पनि छिटै भरिन्छ। र, आराम पनि मिल्छ। जुन कुरा स्वाथ्यका लागि राम्रो हो। तर, खानासँगै पानी पिउनुको मतलब एकैपटक धेरै पानी पिउनुपर्छ भन्ने चाहिँ होइन। पटक–पटक गरेर एक गिलास पानी बिस्तारै पिउनुपर्छ।
डाक्टरका अनुसार कुनै पनि खानेकुरा खाँदा पानी पिउनु स्वास्थ्यका दृष्टिकोणले एकदमै सुरक्षित छ। तर, सबै खानेकुरा खानुअघि वा खाइसकेपछि तुरुन्तै पानी पिउनुहुँदैन। किनकि यसले शरीरको पाचन प्रक्रियामा असर गर्छ। शरीरमा भएको इन्जाइम ग्यास्टिक जुस, प्यांक्रियाज र अन्य केमिकलले खाना पचाउन सहयोग गर्छ। तर, खानापछि तुरुन्तै पानी पिउँदा यो सबै इन्जाइम पानीसँग मिलेर पाचन प्रक्रियामा बाधा पुर्याउँछ। साथै, शरीरमा भएको पोषण तत्वलाई पनि सही ढंगले काम गर्न दिँदैन।
खाना खाएको करिब आधा घन्टापछि मात्रै पानी पिउनु राम्रो हुन्छ। किनकि हामीले खाएको खाना पचाउन शरीरलाई दुई घन्टा लाग्छ। जब खाना पाचन प्रक्रियामा रहेको हुन्छ, तब शरीरमा तरल र ठोस पदार्थको एक निश्चित अनुपात बनिरहनु आवश्यक हुन्छ। यदि हामीले खाना खाएपछि पानी पियौँ भने यो अनुपात बिग्रिन्छ।