काठमाडौं– बोल माया र गलबन्दी जस्ता सुपरहिट गीतकी गायिका शान्तिश्री परियारको आवाजमा पछिल्लो समयमा एकपछि अर्को लोकप्रिय गीत बजारमा आएका छन्।
बोल माया र गलबन्दी करोड क्लबमा प्रवेश गरेपछि उनी व्यवसाहिक रुपमा व्यस्त गायिकाको सुचीमा पर्छिन्। उनै गायिकाको आवाजमा पछिल्लो समय ‘पिरो माया’ गीत बजारमा आएको छ। माया र पिरतीमा एक अर्कालाई दोष लगाएर छुट्टिने धेरै घटनाक्रमहरु दोहोरिरहेको अवस्थामा उक्त गीतले एक अर्काबाट टाढा भएर दोष लगाउनुको साटो भलाई चाहेको भाव प्रस्तुत गरिएको छ।
मानिस सधैं अरुलाई दोष दिन्छ,यो मानवीय स्वभाव हो। गीतमा आफु बिग्रीए पनि वा आफुलाई ब्यर्थै दोष दिए पनि तिम्रो सधैं भलाई होस् भन्ने मार्मिक शब्दहरु रहेका छन्र।
माया र पिरतीमा विछोड पछिको अतितलाई सम्झेर रुनेहरु धेरै हुन्छन् यो गीत उहाँहरुकै लागि हो, भनी गीतका सर्जकले भनेका छन्। ज्ञानेन्द्र शाहीको शब्द संगीत रहेको गीतमा आवाज पनि ज्ञानेन्द्र शाही र शान्तिश्री परियारकै छ, एरेन्ज विनोद बाजुरेलीको रहेको छ। गीतमा नायिका करिश्मा ढकाल ,पुस्कर बनेसा र डिम्पल केसी को अभिनय रहेको छ, भने भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन्। शान्तिश्री परियारको यूटुव च्यानलबाट बजारमा आएको छ।
https://youtu.be/aZjAS1FzeAw