काठमाडौं–२९ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘माछा- माछा’ को ट्रेलर सार्वजनिक भएको छ। जसले दर्शकलाई उत्साह जनक बनाएको छ। नौमती इन्टरटेन्मेन्ट प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा लेखन तथा निर्देशन सुनिल गुरुङको रहेको छ।
रामबाबु गुरुङ र दयाहाङ राइ निर्माता रहेको चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्की सह–निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मणिराम पोखरेल छन्।
चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमलमणी नेपाल, धु्रव कोइराला, बसन्त भट्ट लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अनुपम शर्माको संगीत, प्रविण सिंहको कोरियोग्राफी रहेको छ। चलचित्रमा एक व्यक्तिलाई मार्न पैसा लिएका तीन यूवा र उनीहरुको दौडधुपको कथालाई उठान गरिएको छ। साथै नायिका नम्रता श्रेष्ठको यो आशा गरिएको चलचित्र पनि हो।
https://youtu.be/lPsrqjvf13k