एजेन्सी– नायिका दिपिका पादुकोणले केही समय अगाडि मात्र चलचित्र ‘८३’ को छायांकन सकेकी छिन्। दिपिकाको मुख्य भूमिका रहेको चलचित्र ‘छप्पक’को छायांकन पनि अन्तिम चरणमा पुगेको छ। यस्तैमा दिपिकाको नयाँ चलचित्रको विषयमा पनि समाचार बाहिरिएको छ।
नायिका पादुकोणले महङ्गो बजेटमा बन्न लागेको चलचित्र ‘महाभारत’मा काम गर्ने पक्का भएको छ। ‘महाभारत’मा दीपिकाले द्रौपदी भूमिका निर्वाह गदैछिन्। निर्माणपक्षले दिपिकालाई फाइनल गरेको बताइएकाे छ।
दिपिकाले आफू ‘महाभारत’लाई लिएर निकै उत्साहित भएको बताएकी छिन्। उनले भनेकी छिन्–‘महाभारत एक पौराणिक कथा हो। यसको सास्कृतिक प्रभाव पनि गतिलो छ। त्यसैले चलचित्रमा काम गर्नु हाम्रो लागि चुनौती र फाइदा दुबै छ । जति सकिन्छ चलचित्रलाई राम्रो बनाउने प्रयासमा लाग्नेछौ।’
यो चलचित्रमा दिपिका नायिका मात्र रहने छैनन्। चलचित्रको सह–निर्माताको रुपमा पनि उनले काम गर्नेछिन्। सन् २०२१ को तिहारमा चलचित्र रिलिज गर्ने तयारी निर्माण पक्षले गरेकाे छ।