काठमाडौं– अब प्रत्येक प्रदेशमा वैदेशिक विभागको कार्यलय हुने भएको छ। वैदेशिक रोजगार विभागले एक प्रदेशमा एक वैदेशिक विभागको कार्यलय सञ्चालन गर्ने भएको छ।
प्रत्येक प्रदेशमा विभागको शाखा विस्तार गनसंगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे) को काम भइरहेको विभागले बताएको छ। सातवटै प्रदेशबाट सरकारले श्रम स्वीकृति दिन थाले पनि अहिलेसम्म ३ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा विभागका कार्यालय छैनन्।
महानिर्देशक भीमष्कुमार भुसालका अनुसार विभागले अब प्रत्येक प्रदेशमा आफ्नै कार्यालय राखेर सेवा विस्तारको तयारी गरेको छ। कार्यालय विस्तारसँगै पीडितहरुलाई उजुरी लिएर काठमाडौं नै धानुपर्ने बाध्यता हट्ने र श्रम स्वीकृति दिने प्रक्रिया अझ सरल बनाउन सकिने भुसाले बताएका छन्।
नेपाल सरकारले गत पुसबाट काठमाडौं बाहिरबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको थियो। विदेशबाट फर्किएर पुनः सोही गन्तब्यमा जाने अनुमतिका लागि काठमाडौंमा आउनुपर्ने बाध्यता हट्दा युवाले राहत महसुस गरेका छन्।