धनुषा– वर्तमान समयमा प्राविधिक शिक्षाको महत्व बढीरहेको छ। यसैबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका विद्यालयहरुमा प्राविधिक शिक्षा अनिवार्य गरिने बताएका छन्।
मन्त्री राउतले धनुषाको मिथिला बिहारी नगरपालिकाको जगरुप साह रामपुकार साह माविका छात्राहरुलाई शुक्रबार साइकल वितरण कार्यक्रममा यस्तो बताएका हुन्। प्राविधिक शिक्षाविना प्रदेश समृद्ध हुन नसक्ने उनको भनाई छ। प्रदेश सरकारले संविधानले प्रद्धत गरेको प्राविधिक र उच्च शिक्षा दिनको लागि प्राविधिक शिक्षा ऐन ल्याउने तयारी भइरहेको उनले बताए।
सामुदायिक विद्यालयहरुमा आवश्यकताको आधारमा प्राविधिक शिक्षाको अनुमति प्रदान गर्न उक्त ऐन ल्याउन लागिएको राउतले जानकारी दिए।
‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छोरीहरुलाई शिक्षित र सक्षम बनाउन साइकल वितरण अभियान, छोरी शिक्षा विमा, सामुदायिक विद्यालयहरुमा छात्रा शौचालयको निर्माण आदि कार्यहरु भइरहेका छ। माजको आधा हिस्सा छोरीहरु शिक्षित र सक्षम नभएसम्म प्रदेश समृद्ध नहुने उनले बताएका छन्।