काठमाडौं– आईएमई नेपाल लोक स्टारको ग्राण्ड फिनालेमा रोल्पाका १७ बर्षीय शनि विश्वकर्मा विजय भएका छन्। अन्तिम ४ जना प्रतिस्प्रधीमा शनि विश्वकर्माले सबैभन्दा बढी भोट प्राप्त गरेर विजय भएका हुन्।
त्यसैगरी स्याङ्जाका चेतन गोतामे दोस्रो ,उदयपुरका विनोद दुनुवार तेस्रो विजेता बनेका छन् भने रामेछापका राम कुमार नेपालीले ईलेक्ट्रिफाईलिङ्ग पर्फमेन्स हात पार्न सफल भएका छन्। जितसँगै शनिले रु ५० लाख नगद रुपैयाँ र २५ लाख बरावरको जीवन बीमा पनि हात पार्न सफल भएका छन्। गोतामेले रु २५ लाख नगद र रु १५ लाखको जीवन बीमा, दुनुवारले रु १० लाख नगद र रु १० लाख बरावरकै जीवन बीमा,नेपालीले लिटमस केवलको तर्फवाट रु २ लाख रुपैयाँ हात पार्न सफल भएका छन्।
उक्त कार्यक्रममा मुख्य निर्णायको रुपमा जयनन्द लामा,बि बि अनुरागी ,रामजी खाँड सुनिता दुलाल रहेका थिए। भने प्रस्तोता पूर्व मिस नेपाल सुगारिका केसी र नरेश भट्टराई रहेका थिए। चाहाना मिडियाले आयोजना गरेको थियो।