एजेन्सी– गायिका राजा मेजानको अलो ले सिस्टम भन्ने राजनीतिक गीतको भिडिओ युट्यूबमा तीन करोड ५० लाख पटक हेरिएको छ। यसले उनलाई अल्जेरियाको सडकमा उत्रिएका हजारौँ युवाहरूको विरोधको आवाज बनाएको छ।
तर राजनीतिक गीत गाएकै कारण देश छोड्नु परेकी राजा आफ्नो वकिल बन्ने सपना समेत त्याग्न बाध्य भइन्। चर्चित गायिका राजा मेजानको गीत जति क्रान्तिकारी छन्, उनको कथा उत्तिकै मर्मस्पर्शी छ। बीबीसी