काठमाडौं– तिहारको पहिलो दिन आज(शनिबार) देशैभरी कागको पूजाआजा गरी काग तिहार मनाइएको छ। यमराजको सन्देश वाहकका रुपमा कागलाई सम्मानका साथ पूजा गरी खानेकुरा दिइएको छ।
कागलाई पूजा गरेर खानेकुरा नदिएमा यमराज रिसाउने धार्मिक मान्यता रहिआएको छ। आफ्नो घरको आँगनमा पात, दुना वा टपरीमा कागका लागि भनी खाद्यान्नका परिकार राखेर वर्षभरि कागले घरआँगनमा सुखद खबर ल्याओस् भन्ने कामना गर्ने चलन छ।
पृथ्वीलोकमा भएका मानिसहरुको जन्म मृत्युको विवरण ल्याउनका लागि यमराजले कागलाई आफ्नो दूत बनाएको बताइन्छ। कागले कराउँदा पाहुना आउने, अथवा शुभ, अशुभका खबरहरु सुन्न पाइने मान्यताहरु रहेको छ।
कात्तिक कृष्ण त्रयोदशीदेखि हुरु भएको तिहार कात्तिक शुल्क द्धितिया तिथिमा सकिने छ।