एजेन्सी– ईङ्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ। शनिबार चेल्सीले बर्नलीलाई उसैको घरेलु मैदानमा ४–२ ले हराएको हो। चेल्सीलाई विजयी गराउन क्रिस्टियन पुलिसिकले ह्याट्रिक गरेका थिए।
चेल्सीले खेलको २१ औं मिनेटमा नै अग्रता बनाएको थियो। पुलिसिकले चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर उनै पुलिसिकले व्यक्तिगत दोस्रो गोल गर्दा चेल्सीको अग्रता दोब्बर भएको थियो। पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेका पुलिसिकले दोस्रो हाफमा थप एक गोल गर्दै ह्याट्रिक पूरा गरे।
दोस्रो हाफको ५६ औं मिनेटमा पुलिसिकले चेल्सीको अग्रता तेब्ब्र बनाए। त्यसको दुई मिनेट पछि नै चेल्सीका विलियनले गोल गर्दै ४–० को अग्रता बनाएका थिए। बर्नलीले २ खेलको अन्त्यतिर २ गोल फर्काए पनि हार टार्न सकेन।
जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले १० खेलमा ६ जित, २ हार र २ बराबरीसँगै २० अंक जोडेको छ। बर्नली भने १० खेलमा १२ अंकसहित ११ औं स्थानमा छ।