एजेन्सी– बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीले हालै फिल्म ‘गुडबाइ काठियावाडी’ निर्माण गर्ने घोषणा गरेका छन्। सो फिल्ममा आलिया भट्ट मुख्य भूमिकामा देखिनेछिन्। साथै भन्सालीले अर्को फिल्ममा पनि निर्देशन गर्ने भएका छन्।
बिगतका दिनमा सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाल्लाह’ को निमार्ण गर्ने र उक्त फिल्ममा सलमान खानको अभिनय हुने निकै चर्चा थियो। तर सलमानले अस्विकार गरेपश्चात फिल्म बनाउने निर्णय नै बदलियो।
भन्सालीको कार्यालयमा दीपिका पादुकोण र रणवीर सिंहलाई देखिएको कारण भन्सालीले उनिहरुलाई लिएर फिल्म बनाउन लागेको बलिउडमा चर्चा चल्न थालेको छ। भारतीय मिडियाको अनुसार यो फिल्ममा कार्तिक आर्यन पनि हुन सक्छन्।
तर, भन्सालीको प्रोडक्सन हाउसले भने अहिलेसम्म यसबारेमा केहीँ प्रतिक्रिया दिएको छैन्।