काठमाडौं– शुक्रबारदेखि रिलिज भएको नेपाली चलचित्र ‘पोई पर्यो काले’ ले सिंगल हलमा सुखद व्यापार गरेकाे छ। चलचित्रले सिंगल हलमा दर्शक तान्न सफल भएको देखिन्छ। काठमाण्डौका अष्टनारायण, गोपीकृष्णहलकाे साथै ललितपुरको गुण हलमा शनिबार चलचित्रको व्यापार सुखद देखिएको थियो।
यस्तै, काठमाण्डौका केही मप्लिप्लेक्समा पनि दर्शकको चाप सुखद थियो। सिंगल हलमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई मन पराउने दर्शक धेरै देखिए। अधिकांश दर्शकले पूजा र आकाशलाई एक साथ हेर्न आएको बताए।
शिशिर राणाको निर्देशनमा तयार भएको यो चलचित्रले तिहारको बिदाको फाइदा उठाउने अपेक्षा निर्माताको छ। किरण नेपाली प्रस्तुतकर्ता रहेको यो चलचित्रको कथावस्तुलाई दर्शकले निकै नै रुचाएका छन्।। समाजमा कालो र गोरेविच हुने विभेदको कथालाई राम्रो तरिकाले प्रस्तुत गरेको भन्दै दर्शकले चलचित्रको प्रशंसा गरेका छन्।
चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ। चलचित्रको २ दिने व्यापार भने सार्वजनिक भएको छैन। शनिबार काठमाण्डौको गोपी, अष्टनारायण हलमा पुगेका मुख्य कलाकारहरु आकाश श्रेष्ठ र पूजा शर्माले दर्शकको साथ पाएको भन्दै खुशी व्यक्त गरेका छन्।