काठमाडौं–नेपाली लोक तथा दोहोरी गीतको ३ दशक भन्दा लामो गर्व गर्न लायक ईतिहास बोकेकी गायिका हुन् बिमाकुमारी दुरा। २०४५ सालमा ‘छुट्यो माया जाल’ र ‘लाईछु माया अर्कैको नाँसो’ गीतबाट औपचारिक रुपमा गायन यात्रा थालेकी दुराको पहिलो गीतले नै उनलाई ब्यवसायिक रुपमा स्थापित गायिका बनायो।
बम बहादुर कार्की, कृष्ण सुधा ढुङ्गाना, पाण्डव सुनुवार,नारायण रायमाझी, ईन्द्र जि सी, नन्दकृष्ण जोशी,हरिदेवि कोईराला,पुरुस्त्तोम न्यौपाने,रत्न बानियाँ, कृष्ण थापा, कोमल वली, शिवा आले जस्ता अग्रज गायक÷गायिकाहरु उनका शुरुवातका समकालीन हुन्। शुरुवातबाटै सफल व्यावसायिक गायिका स्थापित भएकी दुराले यो ३ दशक भन्दा लामो सांङ्गीतिक यात्रामा सबै सँग स्वर दिएकी छन्। उनको साङ्गीतिक जीवनको दोस्रो दशकमा भगवान भण्डारी, बद्री पंगेनी, विष्णु खत्री, राजु परियार, एकनारायण भण्डारी, बुद्धिसागर बस्याल, मिलन लामा, लक्ष्मी न्यापाने, शर्मिला गुरुङ, सिन्धु मल्ल, राधिका हमाल, विमलराज क्षेत्री, सृजना विरही थापा, शिला आले हुन्।
त्यसैगरी तेस्रो दशकको शुरुवातमा विमल डाँगी, राजन ठकुरी, कुलेन्द्र विश्वकर्मा, विष्णु माझी, देवी घर्ती, बसन्त थापा, कस्तुप,माधव भण्डारी लगायतका कलाकारहरु हुन् । भने एकदमै पछिल्लो समय मा प्रवेश गरेका रामजी खाँड, शिव हमाल, खुमन अधिकारी, पशुपति शर्मा, खेम सेन्चुरी, मेक्सम खाती, नरेश खाती, टिका पुन, पूर्णकला वि सी, शान्तिश्री परियार,मुना थापा मगर, जुना श्रीष, सम्झना भण्डारी लगायतका कलाकार पनि उनका सहकर्मी नै हुन्। किनकि उनको निरन्तरता अहिले सम्म पनि शुरुवातका दिनहरु जस्तै रहेको छ। यी तीनवटै दशकमा गीत संगीतमा प्रवेश गरेका सबै कलाकारहरुका उत्कृष्ट सृजनामा गायिका दुराकै आवाज सुन्न पाईन्छ।
नारायण रायमाझी सँग पसिनाले पैसा साटेर,ईन्द्र जि सी सँग काचो रानीभेल र रम्भादेवी थान, पुरुस्त्तोम न्यौपाने सँग सरर पानी घट्टमा र घामजस्तो चम्किलो जुन हँुदैन, भगवान भण्डारी सँग खैरेनीमा गेट र विग्रीयो चाल पनि, विष्णु खत्री सँग जम्बु कश्मिरमा सुनको जलप लगायत उनका अधिकांश गीतमा, राजु परियार सँग लमजुङ् जाने दाई, बनको काफ बनकै चरीलाई लगायत का गीतहरु, एकनारायण भण्डारी को सृजनामा बुद्धिसागर बस्याल सँग डाँफे नाँचेर, विमल डाँगी सँग पानसमा बत्ती बालेको, राजन ठकुरी सँग राम्रो फूल त फूल्नै नहुने, विमलराज क्षेत्री सँग जापान टोकियो, कुलेन्द्र विश्वकर्मा सँग जोगीको भेसैमा र तिमलाई पछुतो हुने दिन, बसन्त थापाकै सृजना बर्बर आँशु झर्दा खेरिमा लगायतका धेरै स्रष्टा सर्जहरुका उत्कृष्ट सृजनामा उनै गायिका दुराको आवाज रहेको छ।
उनको ३ दशक लामो साङ्गीतिक यात्रामा धेरै कलाकारहरुको प्रवेश भएतापनि नेपाली लोक तथा दोहोरी गीतले उनको आवाजको सधैं खाँचो महशुस गरिरह्यो। अहिलेका विल्कुलै नयाँ पुस्ताका कलाकारहरुको पनि उनी रोजाईकी गायिका हुन्। उनका शुरुवातका समकालीन साथाीहरु कति जनालाई आज भेट्न गाह्रो छ। उनी अहिले पनि स्टुडियोमा र मेला महोत्सवमा उतिकै सक्रिय रहँदै आएकी छिन्।
कति जनाले विरही गीतकी गायिका भनिरहँदा खुशी त लाग्छ तर मैले धेरै रोमान्टिक र सन्देश मुलक गीत हरु पनि गाएकी छु जसलाई दर्शक श्रोताहरुले धेरै रुचाउनु भएको उनको दावी छ। माझी दाई पोखरा फेवातालको, आँधी खोला उर्लेर आयो, बेनीको बजार, जाउ है माया बटौली गाउँतिर, भरिया दाई, किसानी दाई, मायाले ज्यान खायो अति, सुन्तला फुल खेल्दै आयो लगायतका धेरै गीत छन्। मेला महोत्सव र देश विदेशका विभिन्न कार्यक्रममा उनको माग उत्तिकै छ।
यति लामो समय व्यसायिक रुपमा साङ्गीतिक क्षेत्रमा टिक्न जो कोहीलाई पनि गाह्रो छ। तर उनको जादुमय आवाज सुनेर जो दुनिया कहिल्यै थाकेन। अझ नि उस्तै जादु छ भन्दै नयाँ पुस्ताले झनैं उनलाई खोजी गर्न थालेको छ। हिजो पालो पैंचो गरेर गीत गाउँने चलन देखि अहिलेको डिजिटल प्रविधिसम्म आईपुग्दा पनि सबैले उत्तिकै माया गरेर मेला महोत्सव र स्टुडियो तिर बोलाईरहनु हुन्छ।
अनुकुलता मिलेका सबै गीतमा आवाज दिँदै आएकी छु उनी भन्छिन्। विशेषत लाहुरे प्रदेशी दाजु भाईहरुका धेरै गीत गाएको कारण देश विदेशको कार्यक्रममा पनि सबैले सम्झनु हुन्छ। यूके, हङकङ, सिंगापुर,दक्षिण कोरियाका धेरै कार्यक्रममा विगतमा सहभागी भएकी छु, अन्य देशहरुमा पनि सम्झने आयोजक हरु प्रति आभारी छु। अनुकुलता मिलाएर सबैतिर मैले सक्दो सक्रियता देखाएको उनी बताउँछिन्। यसपाली पशुपति शर्माको तिज गीतमा आवाज सहित भिडियोमा नाँचेको कारणले धेरैले उनको खोजी गरिरहेका छन्।
दशैंतिहार को कार्यक्रममा गुल्मी, नवलपरासी लगायत विभिन्न महोत्सवमा पुगेकी गायिकालाई विशाल भिँडले पछ्यायो। नाच्ने र उफ्रने मात्र होईन भावुक भएर आँखा रसाउने दर्शकको चाप पनि उत्तिकै थियो। त्यसैले उनी भन्छिन् हिजो गीत रेर्कड मात्र हुने बेला रेकर्डमा ब्यस्त भईन्थ्यो अहिले स्टेज र रेकर्डिङ्मा उस्तै उस्तै ब्यस्त हुनुपर्छ। भगवानको आर्शिवाद र दर्शकहरुको मायाले सकुन्जेल गाउने छु, उनले नेपाली पब्लिकलाइ बताएकी छिन्।
https://www.youtube.com/watch?v=Mf9g5bHaOMM&feature=share&fbclid=IwAR3H6eACFkujcu9wI93e9rt0lCyK5vnx_Y0j6xdZo1I88xNJGRbA2whCU7Q