काठमाडौं–नायक आर्यन सिग्देललाई दर्शकले कमेडी अवतारमा देख्न पाउने भएका छन्। मंसिर ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ च च हुई’मा कमेडी चलचित्रको ट्रेलरमा आर्यन कमेडी अवतारमा देखिएका छन्। चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङलाई देख्न सकिन्छ।
विदेशमा काम गरिरहेका २ यूवालाई एउटा पुस्तकले ल्याउने उतारचढावको कथामा यो चलचित्र बनेको छ। मानिसको जिन्दगीको पिङमा हुने च च हुईलाई चलचित्रको पर्दामा देखाइएको छ। साम्तेन भुटियाले चलचित्रको सम्पादन तथा निर्देेशन गरेका हुन्।
एजीएल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई अमृत घोलेले निर्माण गरेका हुन्। चलचित्रमा सुशन प्रजापतिको छायांकन, सिजन दाहाल र सन्देश अर्यालको पटकथा छ। यस्तै, चलचित्रमा राजनराज सिवाकोटी र रोशन थापाको संगीत, श्री श्रेष्ठको एकसन, शिशिर खातीको कोरियोग्राफी छ।
नायक आर्यन सिग्देलले कमेडी जनरामा चलचित्र राम्रो बनेको बताए। उनले भने–‘हङकङमा रहेको म र मेरो साथी भोला किन हिमाल पुग्छौ भन्ने कथालाई चलचित्रले उठाएको छ।’ त्यसैले यो हामीले निकै आशा गरेको प्रोजेक्ट पनि हो हेरौं दर्शकको प्रतिक्रिया कस्तो रहन्छ, उनले भनेका छन्।
https://www.youtube.com/watch?v=ihVbgjrPK3o