काठमाडौं–एक्सन निर्देशक अष्ट महर्जनको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘गुनगुन’ मा नायिका नीता ढुंगानाले आइटम नृत्य गरेकी छिन्। यसपटक नितालई ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा हट आइटम डान्समा हेर्न सकिन्छ। अमृत महरठ्ठाको शब्द तथा कल्याण सिंहको संगीतमा तयार भएको गीतमा बानिका प्रधानले आवाज भरेकी छिन्।
अहिलेका चर्चित कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई राजेश श्रेष्ठले खिचेका हुन्। चलचित्रको गीतमा ढुंगानाको साथमा चलचित्रका मुख्य कलाकारहरु सरोज खनाल, प्रितमराज सेन्चुरी र कविर खड्कालाई देख्न सकिन्छ।
चलचित्रमा नायिका सारा सिर्पालीको पनि भूमिका रहेको छ। चलचित्रको अब दुई गीतको छायांकन बाँकी रहेको निर्माणपक्षले बताएको छ। चलचित्रलाई फागूणको पहिलो साता रिलिज गर्ने तयारी गरिएको छ।
महेश दवाडीको कथा रहेको यो चलचित्रमा कल्याण सिंह र अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफी छ। ए.एच इन्टरटेनमेन्ट प्रा.ली.को ब्यानरमा हिरा कृष्ण शाहीको प्रस्तुती रहेको चलचित्रमा सुनिता शाहीको लगानी रहेको छ।