एजेन्सी– पपुवा न्युगिनीले क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ। पपुवा न्युगिनीले युएईमा भइरहेको टी–२० विश्वकप छनोटबाट अर्को वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान पक्का गरेको छ।
समुह ए मा रहेको पप्पुवा न्युगिनीले ६ खेलमा ५ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा पहिलो पटक स्थान बनाएको हो। पप्पुवा न्युगिनीले छैटौं खेलमा केन्यालाई ४५ रनले हराउँदै पहिलो पटक विश्वकपमा स्थान बनायो।
पपुवा न्युगिनीले पहिलो खेलमा बर्मुडालाई १० विकेटले हराएको थियो। दोस्रो खेलमा नामिबियालाई ८१ रनले हरायो। स्कटल्यान्डसँग भने ४ रनले पराजित हुन पुग्यो। चौथो खेलमा नेदरल्यान्डलाई ५ विकेटले हराएपछि पप्पुवा न्युगिनीको विश्वकप सहज बनेको थियो। पाँचौ खेलमा पप्पुवा न्युगिनीले सिंगापुरलाई ४३ रनले हराएको थियो।
समान ६ खेलमा ५ मा जित र १ मा हारका साथ नेदरल्यान्डको पनि १० अंकनै भएपनि नेट रन रेटका आधारमा पपुवा न्युगिनीले नेदरल्यान्डलाइ पछि पारेको हो।