एजेन्सी– इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ। प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै टोटेनह्यामलाई २–१ ले पराजित गरेको हो।
खेल शुरु पहिलो पहिलो मिनेटमा नै टोटेनह्याम अग्रता बनाएको थियो। उसका लागि स्ट्राइकर ह्यारी केनले हेडमार्फत गोल गरेका थिए। रोमा१चक खेलको पहिलो हाफमा टोटेनह्यामले १ गोलको अग्रता बनाएको थियो।
दोस्रो हाफमा थप २ गोल भएका थिए। ५२ औं मिनेटमा लिभरपुलका जोर्डन हेन्डरसनले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए। त्यस्तै ७५ औं मिनेटमा साडियो मानेलाई पेनाल्टी बक्समा सेर्ने औरिरले लडाएपछि लिभरपुलले पेनाल्टी पाएको थियो। पेनाल्टीलाई मोहम्मद सालहले गोलमा परिणत गरेसँगै लिभरपुलको जित पक्का भएको थियो।
लिगमा जारी सिजन अपराजित रहेको लिभरपुल २८ अंकको साथ शीर्षस्थानमा छ। दोस्रो स्थानमा म्यान्चेस्टर सिटी रहँदा टोटेनह्याम १२ अंकका साथ १० औं स्थानमा छ।