एजेन्सी– आयरल्याण्डले आइसीसी विश्वकपमा स्थान पक्का गरेको छ। आफ्नो समुहको अंकतालिकामा शीर्षस्थानमा बस्न सफल भएको आयरल्याण्डले अष्ट्रेलियाको यात्रा पक्का गरकोे हो। यो आयरल्याण्डको छैटौं विश्वकप हुनेछ।
आयरल्याण्ड समुह ‘बी’ मा ओमान र यूएईलाई नेट रन रेटले पछि पार्दै विश्वकपमा पुगेको हो। ओमान र यूएईको समान ८ अंक भएपनि नेट रन रेटका आधारमा आयरल्यान्ड शीर्ष स्थानमा रहँदा आयरल्याण्ड विश्वकपमा पुग्न सफल भएको हो।
आयरल्याण्डले छनोटको पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो भने तर दोस्रो खेलमा भने आयरल्याण्ड यूएईसँग ५ विकेटले स्तब्ध भएको थियो।
तेस्रो खेलमा आयरल्याण्डले ओमानलाई ३५ रनले पराजित गर्दा चौथो खेलमा आयरल्याण्ड क्यानडासँग १० रनले पराजित भयो। त्यस्तै पाँचौ खेलमा जर्सीलाई ८ तथा छैटौं खेलमा नाजेरियालाई ८ विकेटले पराजित गरेको थियो।