१.सफरलाई गन्तब्यको आधार बनायो
मलाई फेरि जिन्दगीले लाचार बनायो।
२.जिन्दगीलाई जिन्दगी बनाउन खोज्दा
यहि जिन्दगीले फेरि पनि गद्दार बनायाे।
३.नि–सन्तान पिंडामा काखमा बालक छ
जे बनायो त विज्ञानले चमत्कार बनायो।
४.भेटिएर छुट्दा अलिकति प्यार देखायौ
त्यही प्यारले फेरि भेट्न हतार बनायो।
५.हर कुरामा सम्झौता गर्दा खेरि जिन्दगीमा
तिम्रो जित अनि मेरो हार बनायो।
लेखक: रेजिना सिहं