एजेन्सी– लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नवौं जित निकालेको छ। पिएसजीले मार्सेलीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो।
पीएजीको जितमा माउरो इकार्डी र केलियन एमबाप्पेले २–२ गोल गरेका थिए। ४ गोल खेलको पहिलो हाफमा नै सम्भव भएको थियो। खेलको दशौं मिनेटमा इकार्डीको गोलमा पीएसजीले शुरुवाती अग्रता बनाएको थियो।
त्यस्तै इकार्डीले खेलको २६ औं मिनेटमा व्यक्तिगत गोल गर्दै पीएसीको अग्रता दोब्ब्र बनाएका थिए। त्यसको ६ मिनेटपछि अर्का स्ट्राइकर एमबाप्पे गोल गर्दा पीएसजीले खेलमा ३–० को अग्रता बनायो। एकतर्फी बनेको खेलमा एमबाप्पेले ४४ औं मिनेटमा पुनः गोल गरेका थिए।
दोस्रो हाफमा अन्य गोल नहुादा पीएसजीले फराकिलो जित निकाल्न सफल भएको हो। ११ खेलको समाप्तीमा शीर्षस्थानको पिएसजीले दोस्रो स्थानको टोलीलाई ८ अंकले पछाडि पारेको छ। मार्सेली पिएसजी भन्दा ११ अंकले पछाडि छ।