एजेन्सी– नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहनेगरि केहि दिन अगाडि मात्र चलचित्र ‘महाभारत’ को घोषणा भयो। यो चलचित्रमा दिपिका द्रौपदीको भूमिकामा देखिँदैछिन्।
यो चलचित्रको प्रदर्शन सन् २०२१ को तिहारलाई लक्षित गरिएको छ। दिपिका आफैँले पनि यो चलचित्र आफ्ना लागि विशेष र चुनौतीपूर्ण रहेको सुनाएकी छिन्। तर, अचम्मको कुरा यही मितिमा बलिउडका अर्का सफल निर्देशक संजयलिला भन्सालीले नयाँ चलचित्रको घोषणा गरेका छन्। संजयले ‘बैजु बाबरा’ नामक चलचित्र बनाउने घोषणा गरेका छन्।
यो चलचित्र उनले नै निर्देशन गर्न लागेको ‘गंगुबाई कठियावाडी’ पछि रिलिज हुनेछ। संजयले पनि चलचित्रको प्रदर्शन मिति सन् २०२१ को तिहारलाई नै तोकेका छन्। योसँगै उनकी प्रिय नायिकासँग उनको चलचित्रको भिडन्त हुने पक्का भएको छ।
किनकि दिपिका र सञ्जयले धेरै फिल्ममा सँगै काम गरेका छन्। संजयसँग दीपिकाले ‘रामलीला, बाजिराओ मस्तानी, पद्यमावत’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन्।