काठमाडौं–तिहारमा दिदी–बहिनीहरुले दाजु–भाइको दिर्घायुको कामना गर्दै सप्तरंगी टिका र माला लगाएर भाइटिका गर्ने चलन छ। नेपाली चलचित्रका कलाकारहरुले पनि भाइटिकालाई धुमधामका साथ मनाएका छन्। नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीले पनि बहिनी प्रान्सु केसीसँग भाइटिका लगाएका छन्। गतबर्ष अनमोलले दिदी काजोलको साथमा बहिनीद्धय रुवि र प्रान्सु केसीसँग भाइटिका लगाएका थिए।
तर, यसपटक भने उनले बहिनी प्रान्सुसँग मात्र टिका लगाएका छन्। किनकि उनले यसपटक दिदीलाई भेट्न पाएनन्। यस्तै, अनमोलका पिता नायक भूवन केसीले पनि भाइटिका लगाएका छन्। अनमोलले तिहार आफ्नो लागि सधै नै विशेष पर्वको रुपमा रहेको भन्दै दिदी–बहिनीले दिएको आशिष दाजुभाइलाई सधै नै लाग्ने गरेको बताए।
उनले बहिनीसँग टिका लगाउँदा खुशी लागेको भन्दै भाइटिका यसपटक पनि विशेष भएको सुनाए। बर्ष दिनको एकपटक जसरी भएपनि भाईले बहिनीलाई र बहिनीले भाई भेटेर आर्शिवाद दिन र लिन पाउँदा खुशी लाग्छ, उनले बताए।