एजेन्सी– आगमी वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा नामिबियाले स्थान पक्का गरेको छ। नामिबियाको यो पहिलो विश्वकप यात्रा हो। टी–२० वरियतामा नेपालभन्दा पछाडि रहेको नामेबियाको यो ऐतिहासिक सफलता हो।
आईसीसी टी–२० विश्वकप छनोटको दोस्रो प्ले अफमा नामेबियाले ओमानलाइ ५४ रनले पराजित गर्दै गौरवमय इतिहास बनायो। मंगलबार भएको खेलमा नामेबियाले दिएको १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा अल आउट भयो। ओमानका लागि ओपनर खवर अलीले २५ बलमा ५ चौका र २ छक्का सहित सर्वा्धिक ४१ रनको योगदान दिए। नामिविया कप्तान गेरहार्ड इरास्मसल सर्वाधिक ३,जेजे स्मिथले २ र बर्नार्ड शोल्ट्ज ३ विकेट लिए।
त्यस अघि टस जितेर ब्याटिङ थालेको नामिवियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो। नामेबियाको लागि जेजे स्मिथले २५ बलमा ३ चौका र ५ छक्का सहित ५९ रनको आक्रमक इनिङ खेल्दै बलियो योगफलमा पुर्याए। क्रेग विलियम्स ४५ र निको डविनले २१ रन जोडे।
ओमानका बिलाल खानले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ४ विकेट लिए। ओमान समुह बी मा ६ खेलमा ४ मा जित र २ मा हारका साथ दोस्रो स्थानमा रहँदै प्ले अफ खेलेको थियो। नामिविया समुह ए बाट ६ खेलमा ४ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा रहँदै प्ले अफ खेलेको थियो।