एजेन्सी — अमेरिकी वायुसेनाको मानवरहित अन्तरिक्ष यान एक्स–३७बी पृथ्वीमा फर्किएको छ।
पृथ्वीको कक्षमा ७ सय ८० दिन परिक्रमा लगाएपछि आइतवार फर्किएको हो। अमेरिका लगभग १० वर्षदेखि गोप्य अभियानमा काम गरिरहेको छ। त्यसै अभियानअन्तर्गत यो लामो मिसन चलाइएको थियो।
वायुसेनाका अनुसार, उक्त यान कक्षमा अनेकौं प्रयोगका लागि पठाइएको हो र परीक्षणका लागि धर्तीमा फर्काइएको हो। वायुसेनाले यी प्रयोगहरूको बारेमा विस्तृत जानकारी दिएको छैन। यस किसिमको कार्यक्रमको उद्देश्य अन्तरिक्षमा चुनौतीलाई कम गर्ने र अन्तरिक्षयान प्रविधिलाई फेरि उपयोगी हुने लायक बनाउनु हो।
वायुसेनाले बतायो, ‘एक्स–३७बी मिसनले वायुसेना अनुसन्धान प्रयोगशालाका लागि अनेकौं प्रयोग गरेको छ। यसले अन्तरिक्ष, वायु र साइबरस्पेस सेक्टरका लागि युद्ध प्रविधि विकसित गरेको छ। लेजर हतियार बनाइएको र विमानमा फिट गर्न थालिएको बताइएको छ।
विमान एक्स–३७बीलाई नयाँ नेभिगेसन सिस्टमको परीक्षणका लागि डिजाइन गरेको छ। वायुमण्डलमा विमानको प्रवेश र सुरक्षित अवतरणका लागि बनाइएको हो। वायुसेनाका अनुसार, अघिल्ला मिसनहरूले नेभिगेसन, थर्मल प्रोटेक्सन सिस्टम, अटोनोमस अर्बिटल फ्लाइट जस्ता प्रविधिको परीक्षण गरिएको हो।
एक्स–३७बी स्पेसक्राफ्ट लगभग २९ फीट लामो र ९.५ फीट चौडा छ। त्यसको पंखा लगभग १५ फीट लामो छ। यसलाई स्पेसएक्स फाल्कन–९ रकेटबाट सेप्टेम्बर २०१७ मा लोन्च गरिएको थियो।