एजेन्सी – चीनले आफैं बनाएको चार सीट भएको विद्युतीय विमानको परीक्षण उडान सोमवार गराएको छ।
विमानको नाम आरएक्स४ई हो र त्यसलाई चीनको उत्तरपश्चिममा रहेको शेनयाङ शहरमा परीक्षण उडान गरिएको हो।लियाओनिङ जनरल एभिएसन एकेडमीले बनाएको उक्त विमानको तौल १२ किलो छ र लम्बाइ ८.४ मिटर छ। यसको पखेटाको चौडाइ १३.५ मिटर छ। यो ३०० किलोमिटर प्रतिघन्टाको दरले उड्छ अनि डेढ घन्टासम्म लगातार एकपटकको उडान भर्न सक्छ।
विमानमा कार्बन फाइबर कम्पोजिट पदार्थ उपयोग गरिएको छ र यो एकदमै हलुका छ। यो कडा घाँसे मैदान र ग्राभेल बाटोबाट पनि उडान भर्न सक्छ, एकेडमीका उपाध्यक्ष झाओ टिएननले बताए।
‘आरएक्स४ई विमानको बजार विशाल छ। यसलाई छोटो दूरीको यातायात, पाइलट प्रशिक्षण, दृश्यावलोकन, हवाई फोटोग्राफी र हवाई नक्सांकनमा पनि उपयोग गर्न सकिन्छ,’ झाओले बताए। चाइना डेलीबाट