काठमाडौं–नेपाली लोक दोहोरी क्षेत्रकी बरिष्ठ लोकगायिका बिमाकुमारी दुरा र राजु परियारले यसपालीको भाइ टिका काठमाडौंमै लगाएका छन्। सबैभन्दा लामो समय गीत संगीतमा राज गरेका यी दुबै गायक/ गायिका गाउँले बासी हुन्।
विगत १२ बर्षदेखि उनीहरुले भाई टिका लगाउँदै आएका छन्। यतिका बर्षसम्म प्राय उनीहरुको भाई टिका छुटेको छैन। कहिले राजु परियारकोमा गएर त कहिले बिमाकुमारी दुराको घरमै राजु परियार उपस्थित भएर भाई टिका लगाउँदै आएको उनीहरुले बताए। यसपाली बालाजु मित्रनगर स्थिति बिमाकुमारी दुराकै घरमा उनीहरुले भाई टिका लगाएका छन्। नेपाली गीत संगीतको ईतिहासलाई हेर्दा सायद लोक तथा दोहोरी गीतमा सबैभन्दा धेरै गीत गाउँने गायिका बिमाकुमारी दुरा र गायक राजु परियार नै हुन्।
तर उनीहरुलाई यो भन्दा उनीहरुले अरुले पनि गाउनु भएको छ हामीले बढी गाएको भनेर कहिले पनि दाबी गर्दैनन्। उनीहरु भन्दा १ दशक पछि आएर गीत गाउँने कलाकारहरुले ७/ ८ हजार गीतमा आवाज दिएका छौं भन्दा पनि उनीहरुले सायद ५/६ हजार जति गीतमा आवाज दियौं होला मात्र भनिरहेका छन्। व्यावसायिक रुपमा सबैभन्दा धेरै र सदाबहार गीत उनीहरुकै आवाज सुन्न पाईन्छ।
कतिपय दर्शक श्रोताहरुले उनीहरुको आवाज अझ पनि पहिले जस्तै छ भन्छन् नि भन्दा राजुले थप्छन्, बिमाकुमारी दुराको स्वर कहिल्यै परिवर्तन हुने स्वर होईन ३० बर्ष अगाडि उहाँले जसरी गाउँनु हुन्थ्यो अहिले पनि त्यसरी नै मिठो गाउँनु हुन्छ।
राजुले भने बिमाकुमारी दुरा लोक गीतको समुद्र हुन् भने हामी जति पनि कलाकारहरु छौं, त्यो समुद्रको वरिपरिको ढुङ्गा मात्र हौं उहाँसँग राजु परियार मात्र होईन नेपालको कुनै पनि गायक/गायिकालाई तुलना गर्न मिल्दैन । पछिल्लो समय उनीहरुलाई कमै गीतमा देख्न पाए पनि दर्शकहरुको अत्याधिक रुपमा देख्न रुचाएका छन्।