सप्तरी— सप्तरीमा एक साताको बीचमा दुईवटा अजिंगर भेटीएको छ।
पछिल्लो पटक जिल्लाको हनुमानगर कंकालनी नगरपालिका १२ स्थित कोशी बाँधबाट मंगलबार साँझ अजिंगर फेला परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जानकारी दिएको छ।
१५ किलो तौल भएको अजिंगर सर्प देखापरेको स्थानीयले बताएपछि प्रहरीको टोली पुगेको थियो। उक्त अजिंगरलाई अहिले इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएको र वन कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यसअघि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ मा एक साताअघि अजिंगर फेला परेको थियो।