एजेन्सी– अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रिकिकबाट गोल गर्न माहिर खेलाडी मानिन्छन्। क्याटलान क्लब बार्सिलोनाका कप्तान मेस्सीले फ्रिकिक प्रहार गर्दै गर्दा विपक्षी खेलाडीको आँखामा स्पष्ट डर देख्न सकिन्छ।
उनै फ्रिकिका राजा मानिने मेस्सीले फ्रिकिकमार्फत ५० गोल पुरा गरेका छन्। बुधबार बिहान भालाडोलिडविरुद्धको खेलमा मेस्सीले फ्रिकिकमा गोल गर्दा फ्रिकिकबाटै गोलको अर्धशतक बनाएका छन्।
मेस्सीले अर्जेन्टिनाको लागि ६ तथा बार्सिलोनाको लागि ४४ फ्रिकिक गोल गरेका हुन्। उनले पहिलोपटक सन् २००८ मा एटलेटिको म्याड्रिडविरुद्ध ला लिगाअन्तर्गत क्याम्प नोउमा फ्रिकीक गोल गरेका थिए।
उत्कृष्ट ‘भिजन’ भएका मेस्सीले बलदेखि पोष्टसम्मको दुरी अनि विपक्षी खेलाडीको अवस्थालाई राम्रो आँकलन गरेर उत्कृष्ट गोल गरेका छन्।
भिडियोको लागि लिङ्कः
https://www.facebook.com/LaLiga/videos/978478915844925/