एजेन्सी– अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बंगलादेशका कप्तान सकीब अल हसनलाई २ वर्ष प्रतिबन्ध लगाएको छ। भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोप लागेका उनले २ वर्ष अन्तराष्ट्रिय क्रिकेट खेल्न नपाउने भएका छन्।
केहि दिन अघि खेलाडीको सेवा सुविधा माग गर्दै बंगलादेश क्रिकेट बोर्ड विरुद्ध आन्दोलन गर्दै नेतृत्व गरेका हसन वान डेको नम्बर वान अलराउन्डर हुन्। टी–२० मा पनि उनी अलराउन्डरको सुचिमा दोस्रो स्थानमा बस्न सफल क्रिकेटर हुन्।
उनले म्याच फिक्सिङ नगरेपनि त्यसबारे जानकारी नदिएको कारण सजाय भोग्न बाध्य भएका हुन्। आइसीसीका अनुसार उनी सन् २०२० को अक्टोबरदेखि क्रिकेटमा फर्कन सक्ने सम्भावना छ।
हसनले भने आफू निलम्बित भएकोमा दुख व्यक्त गर्दै आइसीसीको सजाय स्विकार गरेका छन्।