एजेन्सी– आजभोली धेरैजसो मानिसहरु आफ्नो कपाल झर्ने समस्याबाट ग्रसित छन्। विभिन्न अध्ययनका अनुसार महिलाको तुलनामा पुरुषको कपाल बढि मात्रामा झर्ने गरेको पाईन्छ। तर, समयसमयमा काटिरहने भएकाले पनि कपाल झरेको महसुस हुँदैन। महिलाहरुको कपाल नकाटिने भएकाले पनि पातलिने र झर्ने स्पष्ट रुपमा थाहा पाइने अध्ययनले जनाउँछ।
कपाल झर्नुको पछाडि सामान्य तथा जटिल कारणहरु हुने गरेका छन्। मानिसको रहनसहन, हावापानी, खानपिन जस्ता कुराहरुले पनि यसलाई प्रभाव पार्ने गरेको देखिन्छ। अर्कोतिर विभिन्न शारीरिक तथा मानसिक समस्याका कारण पनि कपाल झर्ने गर्छ।
कपाल झर्ने कारणहरु:
१. ज्यादा भिटामिन ‘ए’ भएमा
शरिरमा भिटामिन ‘ए’ को मात्रा बढि भएमा कपाल झर्छ। औषधि तथा अन्य भिटामिन ‘ए’ बढि भएका कुराहरु खाँदा कपाल बढि मात्रामा झर्ने गरेको अध्ययनले सार्वजनिक गरेको छ। सामान्य रुपमा ४ वर्ष माथिको मानिसलाई दैनिक ५००० आई.यु. (ईन्टरनेसनल युनिट) भिटामिन ‘ए’ चाहिन्छ। तर, औषधि र डाईटका खानेकुराहरुमा २५०० देखि १०००० आई.यु. सम्म भिटामिन ‘ए’ हुनाले कपाल झर्ने गर्दछ ।
२. मानसिक तनाव
मानसिक तनाव धेरै भएमा कपाल झर्छ। कुनै पनि समस्यालाई धेरै सोच्दा तथा घटनालाई स्मरण गरिरहँदा कपाल अस्थाई रुपमा झर्ने गर्दछ। जीवनमा कुनै दुखद घटना घटेको समयमा मानिसले त्यसैको बारेमा मात्रै सोचिरहँदा पनि उसको कपाल झर्ने अध्ययनले बताउँछ। यसरी कपाल झर्ने प्रक्रिया तनावमुक्त भएको तीनचार महिनासम्म रहने गरेको पाईन्छ।
३. कपालमा बढि केमिकलको प्रयोग
कपालमा विभिन्न केमिकल प्रयोग गरेर विभिन्न स्टाईल बनाउँदा पनि कपाल झर्ने समस्या हुने गर्दछ। कपाललाई स्टे«ट गर्ने, केमिकलको प्रयोग गर्ने लगायतका प्रयोग गर्दा कपालको जरामा हानी भई कपाल झर्ने समस्या हुने गरेको पाईन्छ। यस्ता प्रयोगहरुलाई कम गरेमा कपाल झर्न पनि कम हुने अध्ययनले जनाउँछ।
४. वंशज
कसैकसैलाई आफ्नो वंशको जस्तै कपाल झर्ने समस्या हुन्छ। यो समस्या स्थाई रुपमा हुने गरेको अध्ययनले बताउँछ। पुर्खाको जस्तै कपाल पातलो हुने र पछि ६० को उमेर सम्ममा अधिकांश कपाल झर्ने गर्दछ। यसरी कपाल झर्नुको पछाडि शाररिक रुपमा रहेका हर्मोनहरुले भुमिका खेल्ने गरेका हुन्छन।
५.गर्भवती समय
गर्भवती भएको समयमा एकप्रकारको शाररिक बदलाव हुने भएकाले कपाल झर्ने गरेको पाईन्छ। शरिरमा विभिन्न हर्मोनहरुको विकास हुने हुँदा कपाल अस्थाई रुपमा झर्दछ। बच्चा आमाको गर्भमा रहेको भन्दा पनि बच्चा जन्मिएपछिको समयमा बढि कपाल झर्ने गरेको पाईन्छ। यसरी कपाल झर्नु सामान्य भएकाले यसलाई धेरै तनावको रुपमा लिनु पर्दैन। यो समस्या केही समयपछि आफैं कम हुँदै जान्छ।
६. उमेर
सामान्य रुपमा मानिसको उमेर ढल्किदै जाँदा कपाल झर्ने गर्छ। यसरी कपाल झर्नुलाई समस्या भन्दा पनि प्राकृतिक रुपमा लिनु पर्दछ। ढल्किदो उमेरसँगै कपाल झर्नुको पछाडि कुनै निश्चित कारण नहुने र यसको समाधान पनि नरहेको अध्ययनले बताउँछ।