काठमाडौं– चलचित्र ‘च च हुई’ मङ्सीर ६ गतेबाट रिलिज हुँदैछ। यो चलचित्रमा नायक आर्यन सिग्देल र नायिका मिरुना मगरको जोडीलाई देख्न सकिन्छ। एउटा पुस्तकका कारण दुई यूवामा आउने परिवर्तन र उनीहरुको यात्राको क्रममा भेट हुने यूवतीको वरिपरी नै चलचित्र घुमेको छ । भोलाराज सापकोटा आर्यनको साथीको भूमिकामा रहेका छन्।
नायक आर्यन सिग्देलको लागि यो चलचित्र विशेष छ। किनकी, उनी अभिनित ‘हजार जुनी सम्म’ बक्स अफिसमा फितलो बन्दा यो चलचित्र उनका लागि चल्नैपर्ने दबाब छ। आर्यन यो चलचित्रबाट आफ्नो क्रेज फर्काउने दाउमा छन्। उनका केही पिक्चरहरु नायिकासँग सेर भएकोमा दर्शकले एकदमै रुचाएका छन्।
यता, नायिका मिरुना मगरलाई लाग्दै आएको ‘अनलक्की’ नायिकाको ट्याग यो चलचित्रबाट हट्न जरुरी छ। मिरुना पनि यो चलचित्रले यो ट्याग हटाउने सोचमा छिन्। यो दुबैका लागि आशा गरिएको काम हो। त्यसैले दुबै जनाका लागि उत्तिकै महत्वपूर्ण छ।
हुनत, उनको हातमा चलचित्रको अभाव छैन। तर, चलचित्र चलिदियो भने कलाकारका लागि फाइदा नै हुन्छ। साम्तेन भुटिया निर्दे्शित यो चलचित्र कमेडी शैलीमा बाबु र छोराको सम्बन्धको कथा पनि भन्छ।