एजेन्सी– इटालियन ‘सिरी ए’ फुटबलमा इन्टर मिलान शीर्षस्थानमा उक्लिएको छ। मंगलबारको खेलमा मिलनले ब्रेसियालाई २–१ गोलले पराजित गर्दै अंक तालिकामा युभेन्टसलाई उछिनेको हो।
इन्टरले खेलकोे २३ औं मिनेटमा अग्रता बनाएको थियो। अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले खेलको पहिलो गोल गरेका थिए। त्यस्तै दोस्रो हाफको ६३ औं मिनेटमा फरवार्ड रोमेलु लुकाकुले गोल गर्दै े इन्टरको अग्रता दोब्बर बनाएका थिए।
तर खेलको ७६ औं मिनेटमा ब्रेसियाले गोल गर्दै खेलमा फर्कने लक्षण देखायो। इन्टरका डिफेन्डर मिलान स्क्रिनियरले आत्मघाती गोल गरेपनि इन्टरले त्यसपछि सम्हालिएको प्रदर्शन गर्यो। यसै सिजन टोलीको जिम्मेवारी सम्हालेका प्रशिक्षक एन्टोनियो कोन्टेले टोलीसँग रहेर राम्रो प्रदर्शन गरिरहेका छन्।
जितसँगै इन्टर अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। इन्टरले १० खेलमा ८ जित, १ बराबरी र १ हारसँगै २५ अंक जोडेको छ। साविक विजेता युभेन्टस ९ खेलमा २३ अंकसहित दोस्रो स्थानमा छ।