काठमाडौं– नेपाली अन्डर १९ क्रिकेट टोलीको घोषणा गरिएको छ। यु –१९ च्यालेन्जर सिरिज खेल्नको घोषणा गरिएको उक्त टिमको कप्तानमा ऋत गौतम रहेका छन्।
उक्त टोलीमा कप्तान ऋतसँगै लोकेशबहादुर बम, त्रितराज दास, विशाल विक्रम केसी, खडकबहादुर बाहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरि र कुशल मल्ल रहेका छन्।
त्यसैगरी विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी र गौतम केसीले टिममा स्थान बनाएका छन्।
वैकल्पिक खेलाडीको रुपमा दीपक बोहोरा, दुर्गेश गुप्ता, निखिलकुमार सिंह र सोनु देवकोटालाई समेटिएको छ। यु –१९ च्यालेन्जर सिरिज नोभेम्बर १० बाट हैदराबादमा शुरु हुनेछ। उक्त प्रतियोगितामा भारतको निलो, रातो र पहेँलो गरी तीन टिम सहभागी हुनेछ भने नेपालको यू–१९ टिमले नेपाल ए नामबाट खेल्नेछ।